कन्या
खोज्न कलियो पठाउनुपर्छ। आफ्नो सगोत्रीसँग कुटुम्ब गर्नु हुँदैन। मावलीतर्फ चार
पुस्ता कुटुम्ब गर्नु हुँदैन। मितेरी साइनो सात पुस्ता कुटुम्ब गर्नु हुँदैन।
बदमास, दुष्ट
मानिसहरूले आफ्नो हाडवंश, दुधवंशसँग साइनो मिची कुटुम्ब गरे भने
वज्रद्वारा उनीहरूको मृत्यु हुनेछ। वज्रबाट भएन भने सर्प, बाघ, भालुद्वारा मृत्यु हुनेछ। त्यहाँबाट
पनि भएन भने आत्मघात गरी मर्नेछन्।
कलियो
कुटुनीहरूले बुहारी (का लागि कन्या) पता लगाएपछि कन्याका बाबु, आमा, काका, मामाहरूका सामु कुरा सुरु गर्नुपर्छ।
मगनीका दिन एक पोङ् जाँड उनीहरूका सामुन्ने राखी कलियाले हात जोडी कुरा फलाक्नु
(विस्तार लाउनु) पर्छ।
अघि
पिता―पुर्खाहरूले
गरी मानी ल्याएको दस्तुरअनुसार छोराछोरीहरू युवा अवस्था पुगेपछि कुटुम्ब खोजी
बिवाह गरिदिने चलन सबैलाई बिदितै छ। बुहारी―जुवाइको साइनो लाउने चलन भएकाले आज
हाम्रो गाउँमा, हाम्रो
घरमा हामीहरूको छोरो जवान भयो र कुटुम्ब खोज्दै आउँदा यस घरमा सुहाउँदी कन्या
देख्यौँ र बास पाउँछौँ कि भनी मान्यवर कुलकुटुम्बका सामुन्ने बिन्ती गर्दैछौँ।
घट्नुभन्दा बढेको राम्रो, छुट्टिएको भन्दा मिलेको राम्रो भनेझैँ यो मानिस
जातिमा यो चलन पनि नमानी नहुने, जगत् पनि नसुहाउँने हुनाले अघि हाम्रा पुर्खा
सुसुङ्गे र लाहादोङनाहरूले भिन्नभिन्न गोत्रमा कुटुब गरे राम्रो हुन्छ। भन्नुभए
बमोजिम आज हजुर कुटुम्बको गोत्र भिन्न भेटेकाले हजुरका कन्या र हाम्रो वर मिलाउन
पाउँदा हाम्रा कुल पितृदेवसमेत आनन्दित हुन्छन् कि भनी आशा गरी जम्ला हात गरी
हजुरहरूलाई बिन्ती गर्दैछौँ, नमस्ते छ।
अब
कन्यापट्टिको कलियोले जबाब दिनुपर्छ। हजुरले भन्नुभएको सबै कुरा साँचो हो।
कन्याबिना वर सुहाउँदैन, वरबिना कन्या सुहाउँदिन। साँचो कुरा गर्नुभए
तापनि वरको चरित्र नबुझी कन्याको शीलस्वभाव नबुझी घर बन्दैन। तसर्थ हजुर कुटुम्बका
घरघरानमा कस्तो रोग छ। वरको चरित्र, घरघरानको इज्जत कस्तो छ, सुन्न पाऊँ भनी बिन्ती गर्दैछौँ।
वरपट्टिका
कलियोले भन्नुपर्छ। हजुरले सोधिबक्सेको सबै कुरा मनासिब छ। न घोची कुरा निक्लिदैन।
न सोधी कुरै आउँदैन भनेझैँ यो हाम्रो वरको चरित्र अझसम्म गाउँघरमा वेश नै छ।
सुर्योदयजस्तै छ। (यस्तो काम गर्छ भनी कामको नाम भन्नु पर्छ) गाउँघरमा हुनेखाने
भनी चर्चा सबैलाई थाहा छ। नराम्रो रोग कोड कुष्टी, अझसम्म गाउँमा पत्ता छैन। हात्ती―हात्तीसँग मिल्छ रे, कमिला―कमिलासँग मिल्छ रे भनेझैँ हाम्रो
छोराको मान―इज्जत
थामी घर उज्यालो पार्नसक्ने सुयोग्य कन्या हजुरकै घरमा मात्र भेटिएकीले बिन्ती
गरेका हौँ। हजुर, नमस्ते
छ।
फेरि
केटीपट्टिका कलियोले भन्नुपर्छ। त्यसो भए कुरा ठीक छ। हात्ती―हात्तीसँग मिल्दा र कमिला―कमिलासँग मिल्दा सुहाउँछ। हाम्रो
घरघरान पनि असल नै छ। कन्याको स्वभाव पनि सुशील, असल नै छ। पछि यी दुईका घर भइसकेपछि
लडाइँ झगडा नगर्ने हो भने, सौता नहाल्ने हो भने हामी मान्छौँ। हाम्री छोरी
हजुरहरूकै बुहारी हुनलाई दिन्छौँ।
वरपट्टिका
कलियोले भन्नुपर्छ। रिन छैन भने जमानी बस्नु रे। घरमा अशान्ति मच्चाउने हो भने
सौता थप्नु रे भनेझैँ घरानियाको चलन र निच घरको चलन मिल्दैन भनेर यो कुरा चलाएको
हो भने सौता हाल्ने चलन पनि निच चलन हो। हामीबाट यस्तो काम कदापि हुँदैन।
कन्यापट्टिको
कलियोले भन्नुपर्छ। त्यसो भए कन्याका बाबुबाट यस कुराको फैसला दिनुपर्छ भनी
सोध्नुपर्छ। कन्याको बाबुले कलियोले भनेबमोजिम म राजी छु, जाँडको मटिया छोई आजदेखि मैले मेरो
यस्तो नाउँ भएकी छोरीलाई यस्तो नाउँ भएको केटालाई कन्यादान दिँदैछु! एक दिएँ,
दुई दिएँ दिएँ
तीन दिएँ!! भन्नुपर्छ।
त्यसपछि
इङ्मिबा (केटापट्टिको कलियो)ले वरलाई उठाई सासु―ससुरा र नजिकका सबै साइनो लाग्नेहरूसँग
साइनो फुकाउनुपर्छ। वरले भेटी (रुपैयाँ, फूल) सामुन्ने राख्तै ढोग गर्नुपर्छ।
याङ्मिबाले आजदेखि यो फलाना (नाउँ लिएर भन्नु) यो घरको ज्वाइँ भयो भन्नुपर्छ। यसरी
कन्या माग्ने रीत सकिन्छ। त्यसपछि विवाह गर्ने दिन तोक्नुपर्छ र सबैतिर खबर
गर्नुपर्छ।
No comments:
Post a Comment