Sunday, May 22, 2016

येहाङ उपदेश (ईमानसिं चेमजोङ लिखित)

(२०५) ओत् अब यस्तो (परम्परागत) कुरा आत्मज्ञानको शास्त्र। ओत् जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव तागेरा निङ्वाफु माङका सामुन्ने पुगी सोधपुछ गरेका कुराहरू, बाँच्दा मर्दाका कुराहरू, धर्मपापजस्तो गरे तापनि मरेर छुट्टिएर गएपछि केके हुने, कहाँ रहने कुराहरू महात्मा येहाङले भन्दैछु।
(२०६) ओत् उज्यालो देव, जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव, मर्नेबाँच्ने सबै बनाउने कहाँ 
छन्? कहाँ बस्छन्? भनी गुरुदेवहरूसँग सोध्नु भनेर मनमा सम्भि्कँदा अमरलोककोे खोजी गर्नु भनी मलाई ज्ञानबुद्धिले भन्यो। त्यो साँचो धर्म गरेर अमरलोकको खोजी गर्नेलाई ओत् जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव तागेरा निङ्वाफु माङले ज्ञानबुद्धि दिनुहुनेछ।
(२०७) नौ तलामाथि, जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव बस्ने ठाउँमा चन्द्रमाको ज्योति, सूर्यको ज्योति चम्किरहेका ठाउँमा महन्त अङ्सी पानी पानी भएको कुलै कुलोबाट खुट्टाले हिँडेर गएर पुगेर उज्यालो आत्मा निङ्वाफु ईश्वरको अनुहार देखेर उसले बोलेका कुराहरू भन्दैछु। उसले बोल्दै गरेको आँखाले देखेँ, कानले सुनेर जो ज्ञानबुद्धि मैले प्राप्त गरेँ र आफैले जो देखेको र सुनेको कुराहरू सबै लेखिराखेको छु।
(२०८) माथि स्वर्गलोक (पवित्र बाटोबाट पुगिनेे मालिक बसेका ठाउँ) साङ्ग्राम पेदाङ्मा चन्द्र, सूर्य, ग्रह, ताराहरू केही पनि छैन। साँचो ठाउँमा उज्यालो चम्किलो ठाउँमा, पवित्र ठाउँमा सदासर्वदा स्वयम् उज्यालो चम्किरहन्छ औ आनन्दले भरिएको ठाउँ छ। बिजुलीको झलझलका माझमा ओत् जताबाट पनि आइपुग्ने उज्यालो आत्मा ईश्वर राज गरी बक्सिन्छ।
(२०९) अमरलोक यही हो। बैकुण्ठ लोक भनेको यही हो। यो बैकु48ठ लोकदेखि माथि अरू कुनै लोक छैन। यो अमरलोक पुगेपछि मानिसका आत्माहरू कहिल्यै पनि मर्दैनन्। देवजुनी लिएर बस्छन्।
(२१०) मानिसहरू मरेपछि उनीहरूका आत्माहरू सरासर बैकुण्ठ लोक जाँदैनन्। मुथाङ्खारा लोक (आत्मा जाँच गर्ने लोक) मा पुग्छन्। अमरलोक पुग्ने वा नपुग्ने भनी पाप गरेको, धर्म गरेको नतिजा जाँच गरिन्छ। धर्म नगरेको आत्मा रहेछ भने बैकुण्ठ लोकमा पठाउँदैनन्, मरेका हंस बस्ने ठाउँमा राख्छन्। धर्मकर्मको विचार भएपछि उनीहरूको कर्मअनुसार फेरि जुनी दिन्छन्।
(२११)  अब यो अमरलोक जाने, पुग्ने बाटो गुरुदेव महात्मा अङ्सिले देखेको हुन्छ। उनको अर्र्ती, उपदेश सुन्ने मान्नेहरूले त्यसबमोजिम काम गरे गतिमुक्ति पाउँनेछन्।
(२१२)  सास हुने सबै प्राणीहरूलाई दया गर्नु। मानिस जाति गैह्र मिलेर बस्नु। प्रेमसँग बस्नु। काँडाले भरिएको हृदय राखेर डाही नराख्नु। मद्दत गर्छु, बचाउँछु भन्ने मानिसहरूलाई श्रद्धा गर्नु। जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफु ईश्वरलाई पितृदेव, मातृदेव मानी साँझबिहान धूप जलाई पूजा गर्नु, भक्ति गर्नु, मान गर्नु, सेवा गर्नु, ज्ञानबुद्धि माग्नु, धर्मको बाटो खोज्नु, हृदय पवित्र राख्नु।
(२१३)  चोर्नु, लुट्नु हुँदैन। बाझ्नु झगडा गर्नुहँुदैन। छट्टु, छुल्याइँ गर्नुहँुदैन। घम48ड गर्नुहँुदैन। लोभ गर्नुहँुदैन। भडुवा, रन्डीबाजी गर्नुहँुदैन। नराम्रो बोल्नु, नराम्रो काम गर्नुहँुदैन। टुहुरा गरीबहरूलाई दया गर्नुपर्छ।

(२१४)  चोर्ने, लुट्ने, बाझ्ने, झगडा गर्ने, ढाँट गर्ने, छुल्याइँ गर्ने, मानिस उल्क्याउने, घम48डी, लोभी, भँडुवा, बेश्यागमन गर्ने, मानिस मार्ने, हुरा, गरिब, विधुवाहरूलाई अन्याय गर्ने, हाडनाता बिगार्नेहरू गैह्रलाई ओत्, जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफुमा ईश्वरले घिन गर्छ तिनीहरू सबैलाई पाप लाग्छ। संसारमा बाँचिन्ज्याल दुःखैदुःख हुन्छ। मरी गएपछि तिनीहरूका हंसहरूलाई हाहा माङ्, हाबे माङ्, हादोक माङ्, हासु माङ्हरूले समातेर नरक लोकमा लैजान्छन्। ठुलो आगोको भट्टीमा हालिदिन्छन्। त्यहाँ तिनीहरू सदासर्वदा दुःखले रुँदै, कराउँदै बस्छन्। 

No comments:

Post a Comment