(१) माबो
हाङ राजाको शरीरमा युमासाम आत्मा चढी उनले बकेका देववाणी यिनै हुन् ―
(२) किरातवंश
सबैले सुन्नू। तिमीहरूको सृष्टिकर्ता, मूल शक्ति, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमा
जसले पहिला उत्पन्न भई सृष्टिको रचना गर्यो, उसले यो उपदेश दिँदैछु, सुनेर सबैले सिक्नू।
(३) आफ्नो
पूर्व अवस्थल छाडी टाडाको देश आउनु परे तापनि तिमीहरू नतर्सिनू। नडराउनू। कारण
माथिल्लो देश, तल्लो
देश सबै मेरै हुन्। तिमीहरू सबै मेरै हौ।
(४) अघि
आकाश, पृथ्वी
केही पनि थिएनन्। उज्यालो पनि थिएन। अँध्यारो सुन्सान थियो। आगोको ज्वालाका माझबाट,
उज्यालो
ज्योतिका माझबाट म आई मेरा शक्तिले सृष्टि गरी मेरो ज्ञान, मेरो बुद्धिले मानिस बनाई पृथ्वीको फूल
मेरो छोराछोरी भनी प्यारो गरी राखेको हुँ।
(५) अघि
एकखेप मानिस जातिले साह्रै पाप काम गरेकाले मैले नष्ट गरेँ। मानिस जातिले आफ्नो
सृष्टिकर्तालाई चिन्दै चिनेनन् भने उसको सृष्टिकर्ताले उनीहरूलाई नष्ट गर्छन्।
अघिअघि विद्वान्―विद्वान्
मानिसहरू निस्के र
तिनीहरूलाई
अर्ती उपदेश दिएँ। सुन्नेहरू बाँचे। नसुन्नेहरू आफै नष्ट भए।
(६) बखत
बखतमा मानिसहरूलाई अर्ती उपदेश दिनका निम्ति परमात्मा भगवान् ज्ञानी अङ्सी
पण्डितका रूपमा जन्म लिन्छन् र अर्ती उपदेश दिन्छन्। मानिसहरूले बुझी उनीहरूको
कुरा विश्वास मान्नुपर्छ। यस्तो अर्ती उपदेशका कुराहरू सुनी चङ्ख हुनु, ज्ञानी हुनुपर्छ। परमात्मा
निङ्वाफुमाको सेवा र भक्ति गर्नुपर्छ। धर्मले मानिस बाँच्छन् तर पापले मानिस नष्ट
हुन्छन्।
(७) सिन्युक
(चीन)बाट मैले तिमीहरूलाई लिई आए। आफ्नो शक्तिले लडाइँंमा मद्दत गरेँ। सिन्युक
(चीन) मुदेन (तिब्बत, भोट)
देश एक बनाए। मुदेन (तिब्बत, भोट) बाट यहाँ ल्याए। सुयेन् नोसुनु हाङमा
महारानी म नै भए र यो धर्म प्रचार गर्न लाएँ र यो धर्म सिकाएँ। अर्ती उपदेश दिएँ।
(८) उपाजङ्बाट
चाङ्पाजङ् ल्याएँ। तिमीहरूको नेतृत्व मैले गरेँ। सबै गढहरूमा जय प्राप्त गराएँ।
मधेससम्म साँध लाएँ। म आफ्नो शक्तिले जे पनि गर्नसक्छु।
(९) तिमीहरूलाई
मैले ल्याएँ। सबैलाई म जोगाउँछु। तिमीहरू सबै मेरै हौ। नडराउनू। नतर्सनू।
नअत्तालिनू। मेरो भक्ति राम्रो गर्नू। मेरो अर्ती उपदेश ठीकसँग मान्नू। मूल शक्ति
मै हुँ। भगवान् परमात्मा निङ्वाफुमा मै हुँ, अरू मानिसहरूको दस्तुर नगर्नू।
झारजङ्गल, नदी,
पहाड मैले रचना
गरेको हुँ। मेरो शक्तिलाई अरू कसैले केही गर्न सक्तैन।
(१०)
सर्वशक्तिमान आत्मा मै हुँ। सुख―समृद्धि म दिन्छु। ज्ञानबुद्धि म दिन्छु।
मानिसको आयु म दिन्छु। राजकाज देवकाज सब म दिन्छु। मेरो नाउँ कहिल्यै पनि नभुल्नू।
मलाई मातापिता मानी तिमीहरू सबै मेरै काखमा बस्नु, म प्यारो गर्छु। रक्षा गर्छु, आशिषपूर्ण भाग्य दिन्छु।
(११)
दुस्मन ल्याउने, दुस्मन
खेद्ने, लडाइँं
गराउने, लडाइँं
थमाउने, राजा
बनाउने, राजा
मास्ने, जस्तै
काम पनि म गर्नसक्छु।
(१२)
जङ्गली स्थानमा बाटो बनाउने, पानी निकाल्ने, पशुपक्षी, किरा, माछा गैह्र पाल्ने गर्ने मै हुँ।
(१३) मेरो सेवाभक्ति गर्नू। तिमीहरूको पाप र धर्मको कुराको न्याय म गर्छु।
(१४)
पापकर्मलाई म घिन गर्छु, धर्मकर्मलाई म प्यारो गर्छु। मनमा राम्रो विचार
गर्नू, मन
पवित्र राख्नू र चोखो पवित्र भएर बस्नू।
(१५)
तिमीहरूका छोरानाति गैह्रलाई राजकाज गर्ने, देवकर्म गर्ने आशिष दिई भाग्यमानी
बनाउछु। तिनीहरू माननीय मानिस भलाआदमीहरू हुन्छन्। तिमीहरूको मान―इज्जत बढ्छ, तिमीहरूको मान―इज्जत बढ्दा मेरो पराक्रम र गौरव बढ्छ।
तिमीहरू मेरा छोराछोरी हुनेछौ र म तिमीहरूको मातापिता हुन्छु।
(१६)
सुरुको देवशक्ति, अन्यको
देवशक्ति, अघिल्लो
देवशक्ति, पछिल्लो
देवशक्ति एक्लो सर्वशक्तिमान आत्मा मै मात्र हुँ भनी म भनिरहेछु। अरू देवगण सबै
मैले रचना गरेको हुँ। मेरो सेवाभक्ति गर्नु र असल हुन्छ।
अघिअघिको
मुन्धुमशास्त्र सबै भनेँ। पछिको पनि भन्न सक्छु। ज्ञानबुद्धि खोज्छौ भने मसँग लागी
बस्नू। मेरो उपदेश सुन्नू। पापकर्म नगर्नू। गरिब टुहुरालाई नदबाउनू। आफू बाँच्ने
हो भने अरूलाई पहिला बचाउनू। आफू उठ्नु मन भए पहिला अरूलाई उठाउनु, आफूलाई केही काम गर्न मन भए पहिला
परमात्माको शक्ति माग्नु। आफैले आशिष माग्नू र मात्र काम गर्नू। आफैलाई प्रथम
बुझ्नुपर्छ। आफूले आफूलाई बुझ्नसके अरूहरूलाई पनि बुझ्न सकिन्छ। अरूहरूलाई राम्ररी
बुझ्नसके सर्वव्यापी परमात्मा तागेर निङ्वाफुमालाई बुझ्न सकिन्छ। बुझ्ने ज्ञान
ठुलो शक्ति हो।
No comments:
Post a Comment