(१) गहुँ,
मकै, कोदो, धान इत्यादि सबै अन्नहरू पाकिसकेपछि
न्वागी पूजा नगरी खानुहँुदैन।
(२) यी
सब अन्नहरू पाकिसकेपछि आफ्नो आफ्नो पाकेको समय हेरी न्वागी पूजा गर्नुपर्छ।
(३) पाकेको
नयाँ अन्न एकमानाको पिठो कुट्नू। घ्यू र धूपसँग मुछ्नू। चरु पोल्ने जग्गा बनाउनू।
चरु पोल्ने जग्गाको दाहिने देब्रेपट्टि दुई लोहोटा भरिभरि पानीमा फूल भरिराख्नू।
न्वागी पूजा गर्ने मानिसले नुहाइ, धुवाइ सफा कपडा लगाएर शास्त्र पढ्नू, बस्नू।
(४) गहुँको
बाला, मकैको
गेडा, कोदोको
बाला, धानको
बाला, जेजे
छन् छेउमा राख्नू।
(५) अब
आगो सल्काउनू। घ्यू हाल्नू। चरु पोल्नू। धूप जलाउनू, पढ्नू।
(६) ओत्,
सर्वव्यापी
परमात्मा तागेरा निङ्वाफु नमस्कार छ। ओत्, आगो, पानी, हावा, आकाश, पाताल, घाम र जूनको मालिक नमस्कार छ।
ओत्,
आफैआफ उत्पन्न
भई सृष्टि गर्ने सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमा ईश्वर नमस्कार छ। जम्ला
हात गरी बायाँपट्टिबाट पाउ समाती तपाइँलाई धन्यवाद चढाएदैछु। बिन्ती गर्दैछु। माथि
स्वर्गबाट हेर्नुहोस्। मेरो सेवा पवित्र गर्नुहोस्। पवित्र गर्नुहोस्। तपाइँले
तपाइँकै सृष्टि मानिस जातिलाई साह्रै माया गरी हाम्रो बिन्ती―प्रार्थना सुनी बेलामा घाम, बेलामा पानी दिएकाले अघि हामीले छरेका,
रोपेका अन्नबाली
सबै पाक्यो।
(७) अब
आज तपाइँका नाममा पवित्र आगोमा यो नयाँ पाकेको अन्नको न्वागी चढाउँदै छौँ (अघि
राखेको गहुँकोे बाला, मकैको
गेडा, कोदोको
बाला, धानको
बाला, जेजे
छन्, आगोमा
पोल्नुपर्छ)। भन्नु― पवित्र होस्, पवित्र होस्। परमात्मा निङ्वाफुमा
छाङ्छो लो, पवित्र
होस्। तपाइँको नाउँ पवित्र होस्। तपाइँको
नाउँ पवित्र होस्।
(८) ओत्,
सर्वव्यापी
परमात्मा तागेरा निङ्वाफु भगवान् अब तपाइँकै सृष्टि हामी मानिस जाति यो जगत््मा
बाँची, बस्नलाई
यो नयाँ अन्न खान्छौँ, पिउँछौँ।
आफूले खानु, पिउनुअघि
तपाइँको पवित्र हृदयअघि पवित्र आगोअघि यो न्वागी चढाँदै छौँ। ग्रहण गर्नुहोस्।
हामीहरूलाई आशीर्वाद दिनुहोस्। हाम्रा छोरानाति छोरीनातिनी गैह्रलाई सालबसाल नयाँ
अन्न खाने, पिउने
गराउनुहोस्, उन्नति
गरिदिनुहोस् । शारीरिक बल, आत्मिक बल दिनुहोस्, ज्ञानबुद्धि दिनुहोस्। स्वास्थ्य
राम्रो राखिदिनुहोस्। बचाइराख्नुहोस्। फलिफाप गराउनुहोस्। फूल फुलेर रूख सुहाएको
जस्तो यो नयाँ अन्न खाएर, पिएर हाम्रा छोरानाति छोरीनातिनी शाखासन्तान
इष्टमित्र सबैलाई फूलको मञ्जरीझैँ बनाउनुहोस्।
(९) पृथ्वीमा
बाँचिन्जेल हामीहरूको सुकीर्ति बढाइदिनुहोस्। नयाँ अन्न खाएकाले नयाँ ज्ञान,
नयाँ बुद्धि
दिनुहोस्। हामीहरूको आयु बढाइदिनुहोस्। ओत्, परमात्मा निङ्वाफु माङ! हात जोडी
बिन्ती गर्छु। अन्नको सह, वंशको आशिष, धनको आशिष, गाईबस्तु, भेडा, बाख्राको आशिष दिनुहोस्। ओत्, सर्वव्यापी परमात्मा तागेरा निङ्वाफु
भगवान्। हाम्रो सेवा बिन्ती सुनिदिनुहोस्। ग्रहण गर्नुहोस्। ज्ञान बढाइदिनुहोस्।
बुद्धि बढाइदिनुहोस्। आयु बढाइदिनुहोस्। ओत्, परमात्मा तागेरा निङ्वाफु भगवान्
नमस्कार गर्छु। नमस्कार छ।
No comments:
Post a Comment