(१) ज्ञानबुद्धिको
मालिक परमात्मा निङ्वाफुमा हुनुहुन्छ। ज्ञानबुद्धिले सृष्टि गर्छ। ज्ञानबुद्धिले
सृष्टि नष्ट गर्छ।
(२) ज्ञानबुद्धिको
कुरालाई लाटा मुर्खहरू नराम्रो सम्भि्कन्छन्।
(३) तसर्थ
मानिस जाति सबैले आफ्ना आफ्ना बाबुआमाहरूले सिकाएका अर्तीउपदेश राम्ररी सुनी
राख्नु।
(४) आफ्ना
बाबुबाजेले सिकाएको अर्ती उपदेश छोरानाति छोरीनातिनीले बिर्सनु हुँदैन, छाड्नु हुँदैन।
(५) किनकि
आफ्ना बाबुबाजेले सिकाएको अर्ती छोरानाति छोरीनातिनीहरूका लागि पगरीजस्तो हुन्छ,
शोभा दिन्छ।
(६) त्यसो
गर्नाले छोरानाति छोरीनातिनीहरू अरू बदमास मानिसहरूका सङ्गतमा जाँदैनन्। बदमास
मानिसहरूले फकाए भने पनि जाँदैनन्।
(७) चोर्न
जाऊ, मानिस
मार्न जाऊ, नराम्रो
काम गर्न जाऊ, बाझ्न,
जुध्न जाऊ भने
पनि तिनीहरू जाँदैनन्। ज्ञानबुद्धिले त्यसो गर्न दिँदैन। ज्ञानबुद्धि भनेको ईश्वर
हो। निङ्वाफुमा भनेको ज्ञानको रानी हो। त्यो ज्ञानको रानीले आफ्नो बुद्धिले सारा
सृष्टि बनाएको हो।
(८) ज्ञानबुद्धिले
बाठो बनाउँछ। मूर्ख बनाउँदैन।
(९) ज्ञानबुद्धिसँग
काम गर्यो भने फलीफाप हुन्छ।
(१०)
मूर्ख चालले काम गरे सधैँ दुःखैदुःख हुन्छ। त्यसपछि नष्ट हुन्छ (भइन्छ)।
(११)
तसर्थ अर्तीबुद्धि तिमीहरूका मनमा राख्यौ भने तिमीहरू परमात्मा निङ्वाफुमाको डर
मान्छौ। पापकर्म गर्दैनौ। सिधा बाटोमा हिँड्छौ। परमात्मा निङ्वाफुमाले पनि
ज्ञानबुद्धि दिनेछन्। आशीर्वाद दिई भाग्यवान बनाउनेछन्।
(१२)
फलीफाप हुन्छ। परमात्मा निङ्वाफुमाले उनको भक्ति गर्नेहरूलाई माया गर्छन्।
भूतप्रेतहरूदेखि जोगाई राख्छन्, रक्षा गर्छन्। कुरा बुझ्ने शक्ति दिन्छन् र
उनीहरूले असल कमसलको न्याय गर्न सक्छन् र दुष्ट मानिसहरूदेखि अलग रहन सक्छन्। यो
अर्ती सुन्नेहरूको त्यसअनुसार हिँड्नेहरूको आयु बड्छ।
(१३)
बदमास मानिसहरूलाई झट्टै आपद आई लाग्छ। दुख्ने, मर्ने दशा आइलाग्छ। झगडा मुद्दा
आइलाग्छ। धनदौलत बिग्रन्छ। कति गर्दा पनि चित्त बुझ्दैन। चित्त दुखेर आत्महत्या
गरी मर्छन्। मरेर बैकु48ठ
बास हुँदैन। प्रेत जुनी लिएर नर्ककुण्डको
बास हुन्छ।
(१४)
लेप्मुहाङले भन्नुभयो। कान हुनेले सुनी राख्नु। ईश्वर निङ्वाफुमाको भक्ति
गर्नेहरूलाई केही डर हुँदैन। उनैले रक्षा गर्नेछन्। उनैले मद्दत गर्नेछन्। उनैले
जोगाई राख्नेछन्।
(१५)
सकिन्ज्याल असल काम गर्नू। गरिब दुःखीहरूलाई दान दिनू। गरिब टुहुराहरूलाई दया
गर्नू। लडाइँ, झगडा
नगर्नू। दुष्ट मानिसको चाल नगर्नू।
(१६)
परमात्मा निङ्वाफुमाले पापी मानिसहरूलाई घिन गर्छन् र सराप दिन्छन्। धर्मी
मानिसलाई माया गर्छन्। आशिष दिन्छन्। धर्मी मानिसहरू सप्रिँदै जान्छन्। पापी
मानिसहरू बेइज्जत भएर मासिन्छन्।
(१७)
धर्मी मानिसका छोरानाति छोरीनातिनीहरू फूल फुलेझैँ बढ्दै जान्छन्।
(१८)
तर पापी मानिसका सन्तान बढ्दैनन्। मासिदै जान्छन्।
No comments:
Post a Comment