(७५) तसर्थ तरुणीबाट हुने (जन्मने) घामजस्तो
मान्छे भएन भने बारीको माटोबाट भएको पृथ्वी,
पुलजस्तो तन्काइएको आकाश केही पनि
नसुहाउँदो रहेछ भनेर उज्यालो पसिआउने ढोका तथा जताबाट पनि आइपुग्ने आत्मादेव
तागेरा निङ्वाफुमाले तरुणीबाट हुने घाममान्छेको सृष्टि गर्नलाई मन गर्नुभयो।
(७६)
जताबाट पनि आइपुग्ने आत्मादेव तागेरा निङ्वाफुमाले पोरोक्मी यम्फामीलाई तरुणीबाट
जन्म हुने मानिसजातिको नमूना बनाउनु भनेर हुकुम गर्नुभयो।
(७७)
पोरोक्मी यम्फामी देवले सुनमाथि चाँदीमाथि तरुणीबाट जन्मिने मानिसको मूर्तिको नमूना बनाइराखेर आफ्नो दाहिने हातले
सेतो सित्तल दिने चमरले उठाएर हम्काए। “ए जुनको छोरो, तँ जून भइस्। ए घामको छोरो, तँ
घाम भइस्। तरुणीबाट जन्म हुने मानिस पनि तँ नै भइस्, अब उठ्” भनी
पोरोक्मी यम्फामी देवले बोलाए तर केही बोली बचन निक्लिएन। पोरोक्मी यम्फामी छक्क
परे।
(७८)
उसले जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेवसँग ज्ञानबुद्धि माग्यो।
(७९)
जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव तागेरा निङ्वाफुले ज्ञानबुद्धि दिनुभयो।
(८०)
पोरोमी यम्फामी देवले मालिङ्गो बाँस तथा देवनिङालो बाँसको खरानी निकाली पहेँलो
माटोको लेउ मिसाई ढुङ्गाको टोड्कामा भएको आकाशबाट परेको पानी हाली, मुछी
हिलो बनाई तरुणीबाट हुने घामजस्तो मान्छेको मूर्तिको नमूना बनाई मान्छेको सातो
हालिदियो।
(८१)
त्यसपछि पोरोक्मी यम्फामी देवले तरुणीबाट जन्म हुने मानिस हुँ भनी बोलायो। त्यस
मूर्तिले पनि “के भनेको” भनी हुँ भनेर जवाफ दियो।
(८२)
तर लहराजस्तो बेरिने उसको साथी नभएकाले गर्ने कुराकानी थिएन।
(८३)
मासुको ज्यू भएका पशुपक्षीहरू जोडीजोडी भई हिँडेका बसेका हेर्न लाग्यो।
(८४)
जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेवले बिचार्नुभयो। जन्म दिन (सन्तानलाई) सक्ने
उसकी स्वास्नी छैन भने त लोग्नेमानिस नसुहाउँदो रहेछ।
(८५)
त्यसपछि जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव तागेरा निङ्वाफुमाले पोरोक्मी
यम्फामी देवलाई मानिस जन्माउने स्वास्नीमानिसको मूर्तिको नमूना बनाउने ज्ञानबुद्धि
दिनुभयो।
(८६)
पोरोक्मी यम्फामी देवले तरुणीबाट हुने घामजस्तो मानिसलाई निदाउन लाए र (मानिस)
जन्माउने स्वास्नीमानिसको मूर्तिको नमूना बनाई मान्छेको सातो हालिदिए।
(८७)
त्यसपछि पोरोक्मी यम्फामी देवले तरुणीबाट हुने घाममान्छे जन्माउने र स्वास्नी दुवै
जनालाई जगाउँदा दुवै (मानिसहरू) उठे।
(८८)
दुवैजनाले हेराहेर गर्न लागे कुराकानी गरेनन् (गर्न बोली फुटेन)।
(८९)
पोरोक्मी यम्फामी देवले ढुङ्गाको टोड्कामा भएको आकाशबाट पठाएको पानीमा मर्चाको
दबाई लगाएर दुवै (मानिसहरू) लाई पिउन लाए। तब ती दुवैजना कुरा गर्न लागे।
(९०)
जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेव तागेरा निङ्वाफुमा खुसी हुनुभयो। पोरोक्मी
यम्फामी देव पनि खुसी भयो। जताबाट पनि
आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफुमा ईश्वर खुसी भएर ती दुई मानिस
जातिहरूलार्ई आशीर्वाद दिई भाग्यमानी बनाउनुभयो।
(९१)
उज्यालो आत्मा निङ्वाफु ईश्वरले भन्नुभयो। तिमी दुई मेरा छोराछोरी भयौ। सृष्टिको
फूल भयौ। मायाको फूल भयौ। जीवनको फूल भयौ। तिमी दुई भएकाले बारीको माटोले बनेको
(घुमिरहने) पृथ्वी, पुलजस्तो तन्काइएको आकाश सुहाए। आगोबाट बनेको उज्यालो घाम र जून
सुहाए। मासुको ज्यू भएका पशुपक्षी खोलाका माछाहरू सबै सुहाए। झारजङ्गल सबै सुहाए।
तिमी दुई नहुँदा केही केही पनि सुहाएको थिएन। तिमी दुई मेरै छोराछोरी भयौ।
(९२)
मजस्तै पवित्र, शुद्ध भएर यस संसारमा बस्नु।
(९३)
यस बारीको माटोले बनेको पृथ्वीमा भएको झारजङ्गल, पशुपक्षी, माछा, कीटपतङ्ग
जम्मै हेर्दै बस्नु औ फलफूल खाई बाँच्नु।
(९४)
तिमी दुवै बारीको माटोले बनेको (घुमिरहने) पृथ्वीको उज्यालो भयौ।
(९५)
अब आगोबाट भएको घामका छोराछोरी जस्तो भएर, उज्यालो जूनको छोराछोरी जस्तो भएर बारीको माटोले
बनेको (घुमिरहने) पृथ्वीमा मायामोहको फूल फुलाउनु र यो बारीको माटोले बनेको
(घुमिरहने) पृथ्वी भराउनु भनी आशिष दिई भाग्यमानी बनाई राख्नुभयो।
(९६)
त्यसपछि जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफु ईश्वरले ती दुई मानिस
जातिलार्र्ई तन्नेरी तरुणीको बैँस हालिदिनुभयो।
(९७)
अब त्यो पैदा गर्ने (जन्म दिन सक्ने) स्वास्नी मानिस सर्वप्रथम तरुणी अवस्थामा
पुगी। विषय बासनाको भोक―तिर्खा दुवै जनामा उत्पन्न भयो।
(९८)
त्यसपछि काँधजस्तो रूप भएको ढुङ्गाको पहाड फक्थाङ्लुङ्मा (कुम्भकर्ण) र सेवालुङमा
पहाडबाट सितल हावा माथिबाट तल आएकोजस्तो सफा दिल लिएर दक्षिण तेमेन समुद्रबाट गर्म
हावा बगेझैँ गर्म शरीर भएर पूर्व ताई मुलुकमा घाम झुल्केझैँ खुसी मन भएर, पश्चिम
तहे मुलुकमा घाम डुबेको मनपर्दो दृश्यझैँ साहै्र मनपरापर गरेर ती लोग्ने मानिस र
स्वास्नी मानिस आपस्तमा मिस्सिए।
(९९)
हाङबाट मानिसको सन्तान पैदा गराउने लिङसुलीमा शक्तिले वंश हुने नमूना फुकिदियो।
त्यसपछि ती दुईजनाको भोकतिर्खा मेटियो। यसरी सुसुङ्गे लालाङ्गेको जन्म भयो।
(१००)
पाँच महिना (उमेर) को सुरुदेखि नै विवेक बुद्धि आयो। नौ महिनाका सुरुमा उसले जन्म
दिने आमासँग काँडधनु माग्यो।
(१०१)
वंश राख्ने माननीय तिम्रो बाबु नभएको बेला काँडधनु मैले कताबाट ल्याउने भनी उसकी
जन्म दिने आमाले भनिन्।
(१०२)
वंश राख्ने मेरो बाबु, मान―इज्जत ठुलो भएको नभई मेरो जन्म नै नहुने हो भने
म कसरी जन्मिएँ भनी सुसुङ्गे लालाङ्गेले भन्यो।
(१०३)
नानी, तिमी तरुणीबाट जन्मेकोे मानिस (पुत्र) हौ। तिमी हावा बतासको पुत्र
पनि हौ। तिमी पहाडका टाकुराको पुत्र पनि हौ। तिमी आठ हावाले जन्माएका पुत्र हौ भनी
उसलाई जन्म दिने आमाले भनिन्।
(१०४)
पाँच वर्ष पुगेपछि उसलाई काँडधनु बनाइदिई।
(१०५)
चराको सिकार गर्न सुरु गर्यो। किराहरूको सिकार गर्न सुरु गर्यो। माटो ढुङ्गामा
बस्ने छेपारो मार्यो। माटा ढुङ्गामा बस्ने भालेमुङ्ग्रो मार्यो। सिकार ल्यायो।
माटा ढुङ्गामा बस्ने छेपारो, भालेमुङ्ग्रो खानु नहुने सिकार हो भनी उसकी
आमाले भनिन्।
(१०६)
आठ वर्ष पुगेपछि चराको सिकार खेल्यो। सेतो चरा,
कालो
चराको सिकार मारी सिकार ल्यायो। यिनीहरूमध्ये कालो चराको सिकार खानुहुँदैन।
सेतो चराको सिकार खानुहुन्छ भनी जन्म दिने उसकी आमाले भनिन्।
No comments:
Post a Comment