(१९६) जन्मिएर पहिला तरुणी हुने युवती र
अनुवार सार्नलाई बढेर आउने तन्नेरीहरू फूल फुलेको बेला अशुद्ध हुन्छन्। अलग
रहनुपर्छ तिनीहरू नुहाई आफूले लगाएको कपडा धोइकन मात्र शुद्ध हुन्छन्।
(१९७) स्त्रीजातिहरू बच्चा जन्माएपछि अशुद्ध
हुन्छन्। सुरक्षित अलग राख्नुपर्छ। छोरा जन्माए चार दिनमा कोक्रो उठाउने (न्वारान
गर्ने) दस्तुर गरेपछि शुद्ध हुन्छन्। छोरी जन्माए तीन दिनमा कोक्रो उठाउने दस्तुर
(न्वारान गर्ने) गरेपछि शुद्ध हुन्छन्। त्यसदिन बालकको नाउँ राख्नुपर्छ।
(१९८) मानिस मरेमा मर्नेका जहान सबै अशुद्ध
हुन्छन्। अलग राख्नुपर्छ। दिन बार्नुपर्छ। नुनतेल खानु हुँदैन। कोरामा बस्नुपर्छ।
लोग्नेमानिस मरेमा चारदिन, स्वास्नी मानिस मरेमा तीनदिन जुठो बारी चौथो र
तेस्रो दिन शाखासन्तान इष्टमित्र गाउँलेहरू भेला पारी भलापञ्चहरूबाट अशुद्धदेखि
शुद्ध बनाइदिनु होस् भनी जुठोबाट शुद्ध गरिमाग्नु पर्छ। सानु बच्चा भए मरेकै दिन
फेदाङ्मा पुरोहित बोलाई विधि गरी शुद्ध हुनुपर्छ।
(१९९) एक वर्षसम्म मराउ परेको घरका जहानहरूले गीत
गाउनु, नाच्नु,
बाजा बजाउनु,
मुरली, बाँसुरी फुक्नु, बिनायो बजाउनु तथा कुनै प्रकारको हर्क
बडाइ गर्नुहँुदैन। विवाह गर्नु पूजा गर्नु हुँदैन। दुःख विलाप गर्नाले वर्ष बिती
जान्छ। पुलरूपको आकाश र बारीरूपको पृथ्वी, इष्टमित्र, चन्द्र, सूर्य, गाउँले जम्मै अँध्यारो हुन्छ।
(२०० इष्टमित्र आएँछन्, कुरा गर्छन्, शास्त्र पढ्छन् कुरा गर्छन्।
आत्मज्ञानको कुरा गरी मनमा शान्ति दिने काम गर्छन्। यस्तै रीतले वर्ष बिती जान्छ।
(२०१) एक वर्ष पुगेपछि खाने पिउने सामा सरजाम जम्मा
गरी इष्टमित्र, शाखासन्तान,
कुलकुटुम्ब
बोलाई आँसु पुछाउनी दस्तुर गरी भला पञ्चहरूका सामुन्ने बोलीवचनले शुद्ध माग्नु र
शुद्ध भई शान्ति प्राप्त गर्नुपर्छ।
No comments:
Post a Comment