अब
नानीको नाउँ राख्नलाई दिन, वार, महिना, साल बिचार्नुपर्छ। चन्द्र, सूर्य, आकाश, पृथ्वी, ग्रह, तारा, वर्षको नाम, महिनाको नाम, दिनको नाम, वारको नाउँ राखे पनि असल नै हुन्छ।
छोराछोरी बिचार गरी नाउँ राखेपछि पुरोहितले शास्त्र पढ्नुपर्छ।
ओत्,
सर्वव्यापी
परमात्मा तागेरा निङ्वाफु भगवान् तपाइँले यो घरपति र घरपत्नीहरूका कोखमा यो बालक
दिनुभएको छ। यो बालकको सृष्टिकर्ता तपाइँ हुनुहुन्छ। पितामाता तपाइँ नै हुनुहुन्छ।
तपाइँको शक्तिले यो बालक गर्भभित्र सृजन गरेबमोजिम यस बालकलाई राम्रो बढाउनुहोस्,
जोगाउनुहोस्।
पृथ्वीको फूल बनाउनुहोस्। जीवनको फूल बनाउनुहोस्। पृथ्वी सुहाउने बनाउनुहोस्। अब
नानीको नाम जपेर भन्नू― ओ
परमात्मा निङ्वाफु! यस बालकलाई आशिषमय भाग्य दिनुहोस्। आयु पूरा दिनुहोस्।
दीर्घायु बनाउनुहोस्। भूतप्रेत सैतानहरूका जालदेखि जोगाई राम्रो बढाउनुहोस्। ओत्,
परमात्मा
निङ्वाफु माङ, नमस्कार
छ भनेर आशीर्वाद भनी बालकलाई फूल (दही अछेताको टीका) छरी फूल लगाइदिनुपर्छ।
No comments:
Post a Comment