(१८९)
अब तरुणीबाट जन्म हुने घामजस्तो मानिस जातिका माझमा केटाकेटीहरू तन्नेरी तरुणी
अवस्थामा पुगी फूल फुलेछन् भने विवाह गर्नु पर्दा मासुको ज्यू भएको पशुपक्षीझैँ
विवेक रहितभई हाडनाताभित्र,
बाबुछोरी, आमाछोरा, दाजुबहिनी, दिदीभाइहरूले साइनो बिगार्नु हुँदैन।
पाप लागेर आकाशको मेघबाट बज्र बाण आई धर्तीबाट बिजुलीको ज्योति सुँगुरको बच्चाको
रूपमा निस्की ती हाडनाता बिगार्ने मानिसहरूलाई मार्नेछन्।
(१९०) तिम्रा बडाबाबु, काका, मामा, फुपू, छेमाहरू नजिकको साइनो परेको हुनाले उनीहरूका माझमा साइनो बिगार्नु
अथवा हाडनाता बिगार्नु हुँदैन। तिम्रा दाजुभाइ, दिदीबहिनी
पर्छन्। हाडनाता बिगार्यो भने पाप लागेर आकाशको मेघबाट बज्र बाण झरी धर्तीबाट
बिजुलीको ज्योति सुँगुरको बच्चाका रूपमा निस्की ती हाडनाता बिगार्ने तिमी
मानिसहरूलाई मार्नेछन्।
(१९१) तिम्रा आमा मरेपछि तिम्रो बाबुले
अर्की स्वास्नी ल्याएर ऊबाट जन्मेका छोरा छोरीहरू तिम्रो झड्केलो दाजु, झड्केली दिदी, झड्केला भाइबहिनीहरू हुन्छन्। हाडनाता
बिगार्नु हुँदैन। पाप लागेर आकाशको मेघबाट बज्रबाण झरी धर्तीबाट बिजुली ज्योति
सुँगुरको बच्चाका रूपमा निस्की ती हाडनाता बिगार्ने मानिसहरूलाई मार्नेछन्।
(१९२) तिम्रो बाबु मरेपछि तिम्रा आमालाई
अर्को पतिले लगी ऊबाट जन्मेका छोराछोरीहरू तिम्रो झड्केलो दाजु, झड्केली दिदी, झड्केला भाइबहिनीहरू हुन्छन्। हाडनाता
बिगार्नु हुँदैन। पाप लागि आकाशको मेघबाट बज्रबाण झरी, धर्तीबाट बिजुलीको ज्योति सुँगुरको
बच्चाका रूपमा निस्की ती हाडनाता बिगार्ने मानिसहरूलाई मार्नेछ।
(१९३) मावलीतर्फ
चारपुस्तासम्म कुटुम्ब गर्नु हुँदैन। कारण आमा भनेको दुध हो। दुध भनेको रगत हो।
शाखासन्तानमा रगत बिगार्नु हुँदैन। पाप लागेर शाखासन्तान राम्रो हुँदैन। मेघबाट
बज्रबाण झरी धर्तीबाट बिजुलीको ज्योति सुँगुरको बच्चाका रूपमा निस्की प्राण दण्ड दिनेछ।
(१९४) बाबुबाजेका
सन्तानसँग कहिल्यै पनि कुटुम्ब गर्नु हुँदैन। कारण बाबुभनेको हाड हो। आफ्नो हाड
आफैले बिगारे हाड मक्किएर कोड, कुष्टरोग
पैदा हुन्छ। फेरि पाप लागेर आकाशको मेघबाट बज्रबाण झरी धर्तीबाट बिजुलीको ज्योति
सुँगुरको बच्चाका रूपमा निस्की तिनीहरूलाई मार्नेछ। परमात्माले सहँदैन।
(१९५) मितेरी
साइनो बिगार्नु हुँदैन। कारण दुई मानिसहरूको चित्त मिलेर मानिसहरूका माझमा हितमित
लाउँदा भलापञ्चहरूले दुई हाड एक हाड भयौ, दुई
रगत एक रगत भयौ भनी वाचाबन्धन गराई एक वंश बनाइराखेका मित्रताको साइनोलाई बिगार्नु
हुँदैन। बिगारे पाप लाग्छ। तसर्थ मितदाजु, मितदिदी, मितभाइ, मितबहिनीहरूले आपस्तमा कुटुम्ब गर्नु हुँदैन। गरे पाप लाग्छ। अपुताल
परी वंश नष्ट हुन्छ।
(१८६) साम्मुन्धुम
येप्मुन्धुमका विज्ञहरू मुन्धुम गानका गायकहरू हुन्। यिनीहरू गीत गाएर ज्ञानको
खानी परमात्माको सेवा गर्छन्। गीत गाएर रङ्गरस गर्छन्, नाच्छन्।
जन्मदा, मर्दा, विवाहको कार्जेमा गीत गाएर सबैजनाको चित्त
हर्षित पार्छन्।
(१८७) सिदाबा बैदाङ् हो। जडीबुटीबाट उपकार गर्दा रोगी
मानिसहरू हेरी भगवान्् परमात्मा (ज्ञानको खानी) को शरण परी पूजा गरी बिन्ती, बिस्तार
गरिकन वृक्ष, पत्थर, झारपात खोजतलास गरी औषधि बनाई खान अथवा लाउन
दिन्छन्। रोगीहरूलाई निको पार्छन्।
(१८८) अब मानववंशका माझमा कोही झ्याम्टा बजाउने, कोही
ढोल बजाउने, कोही थाल बजाई नाच्ने भए। कोही चोखो, पवित्र
मानिस हुने भई कोहीलाई हेलाहिनाम गर्ने भए। निच गन्न लागे। त्यसो हुँदा मानिसका
माझमा काँडैकाँडाले भरिएको हृदय राखी एक दोस्रोलाई आँखीडाही गर्ने भए। बाँडेर
पाएको जीवनको आशिषमा काँडैकाँडाले भरिएको डाही आयो। त्यस्तो व्यवहारले गर्दा मानिस
जातिमा फेरि सुखबाट दुःख आयो।
No comments:
Post a Comment