Sunday, May 22, 2016

येहाङ व्यवस्थाः निया―निसापको थिति (ईमानसिं चेमजोङ लिखित)

(२०२) गाउँ गाउँमा मानिसहरूका माझमा एकएक वटा विचारी मुखिया छान्नु। उसले मानिसहरूको नियानिसाप गर्नेछ। नियानिसाप भएन भने मानिस वंश पशुपक्षीहरूजस्ता भएर मासिनेछन्, धर्म भएन भने राम्रो निया हुँदैन। नियानिसापको जराचाहिँ जताबाट पनि आइपुग्ने उज्यालो आत्मा ईश्वर हुनुहुन्छ। धर्मको नियामा ज्ञानको खानी परमात्मा तागेरा निङ्वाफुमा खुसी हुनुहुन्छ। निया बिगार्‍यो भने परमात्मा तागेरा निङ्वाफुमा रिसाउनु हुन्छ। पाप लाग्छ। उसको आयु घट्छ र मर्छ।
(२०३) तिमीहरूका आफ्ना दाजुभाइका माझमा झगडामुद्दा भयो भने आफ्नो गाउँको हाकिम कुरा गर्ने काममा मन्त्री पाःन्तुम्याङ्को अघि जानु। त्यो पाःन्तुम्म्याङले नियानिसाप गर्नेछ। त्यो कुरा गर्ने मन्त्रीले पासिङ्पादाङ (सदस्यवर्ग) पञ्चहरू भेला पार्नु। सभा बसी कुराको बहस गरेर मात्र फैसला तोक्नु र तिमीहरूले साँचो निया भेट्छौँ।

(२०४) न्यायको कुरा गर्ने मन्त्रीका हातमा बदमासलाई तह लाउने एउटा राजद48ड रहन्छ। सभा सदस्यहरूको सत्मतबमोजिम त्यो कुरा गर्ने मन्त्री हिँड्छ। ती कुरा गर्ने मन्त्री तथा सभासद गैह्रले सत् सल्लाहले नियानिसाप गरी जम्मै गाउँलेहरूलाई दुःखदेखि सुख र शान्ति दिलाई, बचाई राख्ने काम गर्नुपर्छ। नियानिसाप बिगार्‍यो भने जताबाट पनि आइपुग्ने उज्यालो आत्मादेवले सभासद तथा कुरागर्ने मन्त्रीहरूउपर पनि फेरि निया गर्नेछ। 

No comments:

Post a Comment