(१) चीन
देशमा हाङवंशी राजाहरूमध्ये लिउ चुवाङ हाङ राजाका पालामा चीनदेश तीन राजाहरूमा
बाँडिएको थियो।
(२) पहिलो
लिउ चुवाङ, दोस्रो
कुवाङ्ती, तेस्रो
चुकोली वाङ राजाहरू थिए।
(३) यी
हाङवंशी राजाहरू अघिदेखि नै नामी थिए। सभ्यताका शिखरमा थिए र पनि आपस्तमा
लडिबस्थे।
(४) कुवाङ्ती
राजा लडाइँ गर्नमा साह्रै वीर थिए। तसर्थ उनको मृत्युपछि उनका वंशले उनलाई रणदेवी
अथवा बाजेदेउता मान्न लागेका थिए।
(५) त्यही
वंशका छोरानातिहरू पछि तिब्बत देश बसाइँ आई मुदेन हाङ नाउँले प्रसिद्ध भए।
(६) मुदेन
हाङको खत्रा नाउँ भएको एक पुत्र थियो। खत्राको छोरो कान्धुङ हाङ भयो। उसको छोरो
सान्धुङ हाङ, उसको
छोरो तिनो हाङ, उसको
छोरो नाम्गे(न्) थियो। यो तिनो हाङ आफ्नोे परिवार लिई तिब्बतबाट किरात देशमा बसाइँ
आई याङ्वारकमा बस्यो। याङवारकबाट दरम्बा गाउँमा बसाइँ सर्यो। वहाँबाट पान्थरको
नाङ्गेन गाउँमा बसाइँ सर्यो। त्यसबेला त्यस गाउँको चारैपट्टि भयङ्कर वन थियो। बाघ
र भालुहरू प्रशस्त थिए।
(७) तिनोहाङको
छोरा नाम्गे(न्)
एकखेप खोरिया जाँदा बाघसँग कुस्ती पर्यो। नाम्गे(न्)ले बाघलाई पक्री पछारेर मार्यो।
मानिसहरूले उसको सामर्थ्य देखेर त्यस जग्गाको नाउँ नै केबाङदेन राखे।
(८) अब
नाम्गे(न्)को
छोरो तुम्म्याङसे र उसको छोरो पाधोङ हाङ भयो। पाधोङ हाङका दुई भाइ छोराहरू भए।
जेठो चुक्मिबा, कान्छो
लात्तिबा नाउँले प्रसिद्ध थिए। यी दुई भाइहरू टुहुरा भए। तिनले साह्रै दुःख पाए।
(९) दुवै
भाइले परमात्मा निङ्वाफुमाको भक्ति गरी ज्ञानबुद्धि मागे। परमात्मा तागेरा
निङ्वाफुमाले दुवैलाई माया गरी ज्ञानधनले युक्त बनाए। दुवैजना वीर निस्किए।
(१०)
दुवैले इधिङ यक (वर्तमान इत्थुङ)मा गढ बनाई बस्नलागे। वृन्दावन थियो। तिनीहरूले
गाई गोठ, भैँसी
गोठ, भेडा
गोठको पूरा बन्दोबस्त गरेका थिए तर त्यस जङ्गलमा बाघ, भालु अत्यन्त बेसी भएकाले ती जङ्गली
जनावरहरूले तिनीहरूका गोठका जन्तुहरू धेरै मारिदिए।
(११)
चुक्मिबा लात्तिबाले ती जङ्गली जनावरहरू मार्नका निम्ति गौँडागौँडामा पासो थापे तर
कुनै पासोमा ती जनावरहरू नपरेको देखी ती दुई भाइहरू छक्क परे दुवै भाइ पासो थापेको
हेर्न जाँदा सबै पासो फुक्लेको, बिग्रेको भेटे। कुन कारण यस्तो बिगार भयो भनी
प्रत्येक पासो निरीक्षण गर्दा यौटा पासोमा यौटा बुढोे मानिस अड्की रहेको भेटे।
(१२)
दुवै भाइले तिमी को हौ? कहाँ
बस्ने हौ भनी सोधनी गर्दा बुढाले भने― म तिमीहरूको कुलपितृ देवता हुँ। आकाश, पताल, हावा, सबै ठाउँ घुमी हिँड्ने देवता हुँ।
मानिस जातिलाई आशिष दिन आएको हुँ।
(१३)
तिमीहरू दुई भाइले घर गएर तुम्पाङ्यक जग्गामा मेरो नाउँमा पूजा गर्ने थान बनाएर
माननीय ज्योतिर्मय बाजेदेउताका नाममा धूपबाती ध्वजा गाडी आठतले थान बनाई चोखो
पानीको कलसहरू राखी फूलफलेदोले सिङ्गारपटार गरी बासनायुक्त धूप जलाई फलफूल,
कन्दमूल र चोखो
अछेताले मेरो पूजा गर्नू (तीन दिनसम्म पूजा गर्नू। तीन दिनपछि इष्टमित्रलाई
खुवाउनू।) ए, म
ता भालाबर्छा भिर्ने देवता हुँ, थारको जुरोका छालाको शिरवस्त्र लगाउने देवता
हुँ म, कम्मरमा
पटुका बाँध्ने, तागा
वस्त्र लगाउने देवता हुँ म, हात पाउले चारैदिशा लम्कन सक्ने देवता हुँ म।
(यस्तो कुरा सुनी दुवै भाइले आफ्नो कुल पितृदेव मानी पिठ्यूँमा बोकी घर लानभन्दा
खाम्हेत्ला नामक जग्गामा अन्तर्ध्यान भए।)
(१४)
त्यसपछि चुक्मिबा लात्तिबा घर गई अघि आदेश भएबमोजिम पूजाको तरखरमा लागे। पहिलो दिन
वनमा गई पूजा गरे। दोस्रो दिन घरको ढोकामा पूजा गरे। तेस्रो दिन नारासेमा अर्थात्
शान्ति होस् भनी पूजा गरे। पछि―पछि तिनीहरूका जिउमा आत्मा चढी तिनीहरूले शक्ति
पाए। ढाल तरबार लिएर उडीउडी युद्ध गर्नसक्ने भए। त्यस जङ्गलका बाघ, भालु सबै मारिदिए। नाम्फुन यकमा गढ
बनाई गाउँछिमेकमा हुकुम चलाउने राजाहरू भए। उनीहरूको सामर्थ्य बुझी छिमेकका
राजाहरूले लडाइँमा मद्दत मागे। पाप्सङ हाङ र इमे हाङ (लाप्चा) राजाहरूलाई युद्धमा
मद्दत गरी उनीहरूका बैरीहरू सबै हटाइदिए। जय प्राप्त गराइदिए। इलामका लाप्चा
राजाकी छोरी विवाह गरे। ती अरू राजाहरूले बाजेदेवताको शक्ति देखेर यस युद्धमा
मद्दत गर्ने रणदेवी रहिछन् भनी थेबासाम अर्थात् बाजेदेवता भनी त्यस आत्माको पूजा
गर्न लागे।
No comments:
Post a Comment