(१०७)
त्यहाँदेखि नौ वर्ष पुगेपछि सुसुङ्गे लालाङ्गे तन्नेरी उमेरमा पुग्यो। माथि चीनभोट
देशसम्म कस्तुरीको सिकार खेल्न जानसक्ने
भयो। तल दक्षिण तेमेन् (भारत, औल) देशतर्फ चित्तलको सिकार गर्नसक्ने भयो।
उसकी आमाले जन्माएकी लाहादोङ्ना नाम गरेकी यौटी छोरी पनि तरुणी भएकी थिई।
चेलीमाइती हाडनातामा बिग्रे।
(१०८)
जताबाट पनि आइपुग्ने उज्यालो आत्मा देव तागेरा निङ्वाफुमाले देखिहाले।
(१०९) साइनो बिगार्यौ। व्यभिचार, पाप
भयो। अधर्म भयो भनेर परमात्माले भन्नुयो।
(११०) जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफुमा
ईश्वर प्रकट भएर सुसुङ्गे लालाङ्गे र लाहादोङ्नाहरूलाई बोलाए। चेली माइती
हाडनातामा बिग्रियौ। पाप भयो। अब तरुणीबाट जन्मने मान्छेको सन्तानले मर्नुपर्छ।
तिमीहरूको ज्यान मर्नेछ। खरानी र माटोले भएका हौ, फेरि त्यही खरानी र माटोमा मिसिनेछौ
भनी सराप दिनुभयो।
(१११) सुसुङ्गे लालाङ्गेले हात जोड्यो : जवानीपन र बैँस दिनुभयो र म तन्नेरी भएँ।
मायामोहको फूल फुलाउनु, जीवनको फूल फुलाई जगत् भर्नु भनेर मलाई
आशिर्वाद दिनुभयो तर बालकदेखि बढेर तरुणी हुने अरू कोही भएन भने सृष्टि कसरी हुने
हो। तसर्थ आठ पुस्ता, नौ पुस्तासम्म (त्यसपछिबाट) माइती―चेली बिहे गर्न हुन्छ भन्ने मानिसको
थिति बनाई दिनुहोस्। आठ पुस्ता, नौ पुस्ता नाघेपछि छोरानातिहरू बढेर
बेग्लाबेग्लै दिशातर्फ बढ्दै जान्छन्। अर्कै मानिस हुनेछन्।
(११२)
त्यसरी अर्कै मानिस भइसकेका वंशसग कुटुम्ब गर्न, बिहे गर्नमा केही आपत्ति हुँदैन भने
आफ्नै छोरानातिहरूका माझमा कुटुम्ब गर्न पाप हुनेछ।
(११३)
यो थिति बिगारी कसै माइती―चेलीले आपस्तमा हाडनाता बिगारेछन् भने यो
लाहादोङ्नाले बिजुलीको ज्योति चम्केको बेला कोही पशुको रूप धारण गरी त्यस्ता
मानिसहरू बसेको ठाउँ देखाइदेओस् औ म मेघबाट बज्रबाण भई झरी मार्नेछु।
(११४)
तिमीले चिताएको पुगोस् भनेर ज्ञानका खानी परमात्मा निङ्वाफुमाले भन्नुभयोे। फेरि
जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफुमा ईश्वरले भन्नुभयो। पृथ्वीमा
सुखबाट दुःख भयो। तरुणीबाट जन्म हुने
घामजस्तो मानिसको वंश मर्नुपर्ने भयो। रुनु,
शोक, सुर्ता गर्नुपर्ने भयो। दुःख सहेर
जन्माउछन्। दुःख सहेर बाँच्छन्। पापले गर्दा स्वास्नीमानिस मरेर सुगुत् पिशाच
हून्छन्। पापले गर्दा लोग्नेमानिस मरेर सोघा पिशाच हुन्छन्। स्वास्नीमानिसका पिशाच
लोग्नेमानिसका पिशाच भूतप्रेत भएर नरक कुण्डमा दुःखसँग रुँदै कराउँदै बस्छन्।
(११५)
ज्ञानका खानी परमात्मा निङ्वाफुमाले फेरि भन्नुभयो। अब सुसुङ्गे लालाङ्गे र
लाहादोङ्नाले आफ्नो आफ्नो अघि सुरुबाट भइआएको नारी (गुन्यू लाउने) पोखरी र पुरुष
पोखरी (धोती लाउने) मिसाउनु। मायामोहको
फूल मिसाउनु। तिमीहरूको ज्यान (जीवन) को फूल मिसाउनु। छोराछोरी जन्माउनु, नातिनातिना
जन्माउनु। बुढाबुढी भएपछि मरेर खरानी भई माटोमा मिल्नु। तिमीहरूका हंसहरू
गडाङ्गुडुङ् गर्ने मेघ र बज्र भएर र धर्तीभित्र रहने बिजुलीको ज्योति (शक्ति)
(लराङ) भएर धर्तीमुनि बस्नेछन्। यति भनेर निङ्वाफुमा भगवान्ले ती दुईजनाका बाबुआमा
मेन्छाम्गेन नाम्याप्मी र मेलिङ्गेन् कुमेत्लाई लगेर सत्य लोकमा राखे औ कहिल्यै पनि
नमर्ने (अमर) बनाएर राखे।
(११६)
अब सुसुङ्गे लालाङ्गे र लाहादङ्नाका कोखमा सुहाम्फेबा, सुसाङ्निना
र उनीहरूका धेरै भाइ बहिनीहरूको जन्म भयो।
(११७)
सुहाम्फेबा र सुसाङ्निनाका कोखमा साम्दाङ्खेवा,
लिङ्दाङखेवा र उनीहरूभन्दा मुनि धेरै
भाइ बहिनीहरूको जन्म भयो।
(११८)
साम्दाङ्खेवा र लिङ्दाङ्खेवाका कोखमा साङ्खेन्यङबा, साङ्खेन्यङ्मा र उनीहरूका धेरै भाइ
बहिनीहरूको जन्म भयो।
(११९)
साङ्खेन्यङ्बा र साङ्खेन्यङ्माहरूका कोखमा पान्फेन्यङ्बा, इङ्फेनयङ्मा
र उनीहरूका धेरै भाइ बहिनीहरूको जन्म भयो। मानिस सर्वप्रथम उत्पत्ति भएको जग्गा
मुना मैदान हो।
No comments:
Post a Comment