Sunday, May 22, 2016

डाहीको जन्म (ईमानसिं चेमजोङ्ग लिखित)

(१२०) अब पान्फेन्यङ्बा र इङ्फेन्यङ्माहरूका छोराछोरीहरूमध्ये आवासोपत्ता नाउँ गरेको छोरा र तिलिसोपत्ती नाउँ गरेकी छोरीहरू घुम्दैघुम्दै जाँदा इमिदिङ् नेन्थक् नामक जग्गामा पुगे। वहाँ गई (पुगी) ती दुईजनाले आफ्नो ज्यान (जीवन) को भाग्य जुधाए। आफ्नो ज्यान (जीवन) को फूलको टुप्पा टिपे। बेसी गर्मी हुँदा तिनको टुप्पा ओइली मरेर गयो। 
यसरी छुट्टिएर जाँदा आवासोपत्ताको छोरा अति सुन्दर जवान भयो। उसले आफ्नो बाबु मरेको ठाउँ पैल्यायो। उसले आमा बसेको ठाउँ पैल्यायो। तिलिसोपत्तीले फुङ्लोतिमा नाउँ फेरेर ऊ त्यसै इमिदिङ् नेन्थक नामक जग्गामा आई। तन्नेरी र फुङ्लोतिमाले ज्यान मिसाए। फेरि उसको ज्यान त्यहाँ नै मरिगयो। ती मरेका आत्माहरूले आँखीडाही भई मानिस जातिलाई सताउन सुरु गरे। औ  त्यो  जग्गा  डाही उत्पन्न भएको जग्गा भयो। आँखीडाहीले (गर्दा) मानिस मर्छन्। 

No comments:

Post a Comment