(१७१)
यसबेला यौटा ज्ञानी मानिसको जन्म भयो।
(१७२)
उसको नाउँ येहाङ थियो।
(१७३)
यी येहाङले माथि आत्मालोकमा पुगी जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा
निङ्वाफु ईश्वरसँग हात जोडेर भने ।
(१७४)
बारीको माटाले बनेको पृथ्वीमा तरुनीबाट जन्म हुने घामजस्तो मानिस जातिका माझमा मन
ज्ञानले जानेको शास्त्र अथवा लेखेर राखेको वेदशास्त्र नभएकाले मानिस जाति सबै
मासुको ज्यू भएका पशुपक्षीहरू जस्तै भए। राम्रो―नराम्रो चिनेनन्। खानु, पिउनु, जन्मनु र मर्नु मात्रले संसार
सुहाउँदैन।
(१७५)
त्यसकारण, राम्रो
नराम्रो छुट्याउन, धर्म
पाप छुट्याउन, सफा
मैला छुट्याउन, साँचो
झुट्टा छुट्याउन, आफ्नो
बिरानु छुट्याउन ज्ञानबुद्धि दिनुहोस् भनी अर्ती माग्यो।
(१७६)
जताबाट पनि आइपुग्ने उज्यालो आत्मा तागेरा निङ्वाफु ईश्वरले येहाङका हातमा शास्त्र
दिए। मुडुली मृगको छालामा मनमा पिएर राख्ने (मौखिक) शास्त्र तथा पुस्तकमा लेखेर
राख्ने (लिखित) शास्त्र लेखेर दिए।
(१७७)
अवतार लिएर आउने येहाङको जन्मदिने माननीय पिताचाहिँ जताबाट पनि आइपुग्ने उज्यालो
आत्मा ईश्वर हो।
(१७८)
पिएर हृदयमा राख्ने शास्त्र तथा पुस्तकमा लेखेर राख्ने शास्त्रहरूको बक्सिस पाऊँ
भनी आशिष माग्न जाँदा फूलमाथि फूलको रानी जुनी लिनेलाई फूलमाथि फूल छर्न झर्यो।
फूलमाथि भाग्य जुनी लिनेलाई मायाको डोरीको भाग्य बाँड्न झर्यो। मायाको डोरीको
भाग्य छुट्यायो। सुचुवाङ् लिलिम् किराती वंशलाई मायाको डोरीका भाग्यमा रही फूलको
आयुझैँ फूल्ने ओइलिने आशिर्वाद दिए।
(१७९)
अब अवतार लिएर आउने येहाङले धर्मगुरु पुरोहितको शक्ति प्राप्त गरेर आत्मालोकबाट
हावाको रूप लिएर पृथ्वीमा झरे औ आठ तरिकाले उज्यालो आत्मा ईश्वरको पूजापाठ गर्नु,
भक्ति गर्न
सिकाए।
(१८०)
मुहिगुम् अङ्सि (सन्त महन्त) तरिका, फेजिक्कुम् फेदाङ्मा तरिका, सावाला साम्बा तरिका, येभुङ् याबा तरिका, येभुङ् यामा तरिका, साम्मुन्धुम तरिका, येप्मुन्धुम तरिका, सिदालाम् (औषधोपचार) तरिका गरी आठ
तरिकाले सिकाए।
(१८१)
मुहिगुम् अङ्सि महन्त हुन्। उनी चोखोनितो बस्छन्। अविवाहित बस्छन्। पुस्तक
(शास्त्र) पाठ गरेर परमात्मा (ज्ञानको खानी) को सेवाभक्ति गर्छन्। दुष्टको सङ्गत
गर्दैनन्, तिनसँग
कुरै गर्दैनन्। अशुद्ध ठाउँमा बस्तैनन्। शान्त, सुनसान ओडारभित्र बसी आत्मज्ञानको शास्त्र
सम्भि्कन्छन् तथा ध्यान गर्छन्। ज्ञानको खानीको भक्ति गरी बस्छन्।
(१८२)
फेजिक्कुम् फेदाङ्माले जन्मदा, मर्दा विवाह गर्दा कर्मका48डको ग्रन्थ पढी शुद्ध गर्छन्, विवाह तथा लग्ानको काम गर्छन्। मदमांस,
खुन छर्कने
कार्य गर्दैनन्। धूप जलाइ फलफूल चढाई पर्सेर शुद्ध गर्छन्। केहीको बली गर्दैनन्।
खुन छर्कने काम हुँदैन। चुङ्नावा पवित्र पानी छर्किएर शुद्ध गर्ने काम गर्छन्।
(१८३)
सावाली साम्बाले अग्लो बाँस गाडी लोहोटामा फुलेका फूलहरू राखी थान बनाई चोखोनितो
भई शिरमा प्वाँखको मुकुट बनाई, लगाई फलाक्छन्। औ जोखाना हेर्छन्। बिरामी,
रोगी मानिसहरू
सन्च हुनेनहुने पत्ता लगाउनलाई जोखाना हेर्छन् र जताबाट पनि आइपुग्ने उज्यालो
आत्मादेव तागेरा निङ्वाफु माङसित रोगदेखि मुक्त हुने भाग्यको आशिर्वाद
मागिदिन्छन्। जडीबुटी पनि दिन्छन्। रोगीहरूलाई निको पार्छन्।
(१८४)
येभुङ्याबाले मरेकाको सेहेँ, भूत, प्रेतहरूसित मद्दत माग्छ। पशुपक्षीहरू मार्छ।
मदमांस र खुन चढाई, छर्की
फलाक्छ। थाल बजाउँदै नाच्छ। रगतमा जोखाना हेर्छ। ग्रहखड्को काट्छ।
(१८५) येभुङ्यामा स्त्री हुन्। उसले मुन्धुम गान गाएर
अचम्मको काम गर्छिन्, फूल
ओइलाउँछिन्, फेरि
जगाउँछिन्। मेघबाट बज्र झार्छिन्। देववाणी बोल्छिन्। गान गाउँदा भगवान्सित मद्दत
माग्छिन्।
No comments:
Post a Comment